काठमाडाैं- चेन्नई सुपर किङ्सका ब्याटिङ प्रशिक्षक माइकल हसीलाई कोरोना संक्रमण भएकाे छ। चेन्नईका टिमको व्यवस्थापकीय समूहलाई कोरोना देखिएपछि उनकाे पनि परीक्षण गरिएकाे थियाे।
संक्रमण पुष्टि भएसँगै उनी सेल्फ आइसोलेसनमा बसेका छन्। उनकाे रिपाेर्ट मंगलबार नै आएकाे थियाे। यद्यपि, टाेलिले पुन: काेराेना परीक्षण गराएकाे थियाे। यद्यपि, दाेस्राे परीक्षणमा पनि उनकाे रिपाेर्ट पाेजिटिभ आएकाे बताइएकाे छ।
'काेराेना संक्रमण पुष्टि भएपछि उनलाई १० दिनकाे लागि दिल्लीस्थित टाेलीकाे हाेटेलमा एक्लै राखिएकाे छ,' क्रिकइन्फोले भनेकाे छ।
समाचारमा जनाइएअनुसार आईपीएलमा काेराेना संक्रमण हुने उनी पहिलाे विदेशी प्रशिक्षक हुन्। यद्यपि, आईपीएल भने अनिश्चितकालकाे लागि स्थगित गरिएकाे छ।
सोमबार चेन्नईका प्रमुख कार्यकारी कासी विश्वनाथन, बलिङ प्रशिक्षक एल बालाजी र बसको सहायकलाई कोरोना देखिएको थियो ।
'हामीले आज हसीसँग कुरा गरेका छौं। उनकाे स्वास्थ्य अवस्था राम्राे रहेकाे छ,' अस्ट्रेलियाली क्रिकेटर संघका प्रमुख कार्यकारी टोड ग्रीनबर्गले भने, 'उनमा काेराेनाकाे लक्षणहरू तुलनात्मक रूपमा सामान्य छन्।'
याेसँगै उनी स्वदेश फर्किने बाटाे बन्द भएकाे छ। भारतमा काेराेना संक्रमणकाे दाेस्राे लहर सुरु भएसँगै अष्ट्रेलियाले सिधा उडान बन्द गरेकाे थियाे।
त्यसैले भारतमा रहेकाे अष्ट्रेलियाली नागरिक श्रीलंका र माल्दिभ्स ट्रान्जिट भएर स्वदेश फर्किएका छन्। यद्यपि, काेराेना संक्रमण भएसँगै उनी १० दिन क्वारेन्टिनमै रहनेछन्।
यसअघि कोलकाता नाइट राइडर्सका नितीश राणा, आरसीबीका देवदत्त पडिक्कल, दिल्ली क्यापिटल्सका अक्षर पटेल, एनरिच नोर्खिया र डेनियल स्याम्स संक्रमित भएका थिए।
यस्तै, कोलकाता तीव्र गतिका बलर प्याट कमिन्स, स्पिनर बरुण चक्रबर्ती, सन्दीप वारियर पनि संक्रमित भएका थिए।
सनराइजर्स हैदराबादका विकेटकीपर वृद्धिमान साह र दिल्ली क्यापिटलका लेगस्पिनर अमित मिश्रामा पनि मंगलबार काेराेना संक्रमण पुष्टि भएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।