काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।
मंगलबार कोरोना परीक्षणका लागि स्वाब दिएका मुख्यमन्त्रीको रिपोर्ट आज बिहान आएको थियो। जसमा कोरोना 'पोजिटिभ' देखिएको उनका स्वकीय सचिव सूर्यप्रसाद गुरुङले बताए।
मुख्यमन्त्री गुरुङको स्वास्थ्य अवस्था सामान्य भएकाले निवासमै आराम गरिरहेको उनले बताए। कोरोना पुष्टि भएपछि सबै भेटघाट बन्द गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।