साङ्केतिक तस्बिर
काठमाडौं- भारतको नयाँ दिल्लीबाट हुने उडानमार्फत् नेपाल आउने यात्रुका लागि आठवटा होटल क्वारेन्टिन तोकिएको छ।
नेपाल र भारतबीच सातामा दुईवटा उडान हुनेछ। ती उडानबाट आउनेका लागि होटल क्वारेन्टिन अनिवार्य गरिएको छ। सोहीअनुसार आठवटा होटल निर्धारण गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ।
जसमा गोदावरीस्थित भ्यू भृकुटी, गुह्वेश्वरीस्थित माधव होटल, एयरपोर्टस्थित एयरपोर्ट होटल, गौशालास्थित अमादब्लम होटेल, रिडर्स इन र आनन्द आश्रम, जगातीस्थि फार्म हाउस रिसोर्टट र ए-वान रिसोर्टलाई रहेका छन्।
मन्त्रालयका अनुसार यी होटलले यात्रुलाई विमानस्थलबाट होटलसम्म ल्याउनुका साथै खाना र बसोबासको सुविधा दिने छन्। मूल्यअभिवृद्धि कर र सेवा शूल्कसहित बढीमा प्रतिव्यक्ति तीन हजार रुपैयाँसम्म मात्र शुल्क लिन पाइने गरी होटल क्वारेन्टिन तोकिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।