काठमाडाैं- संघीय संसद् सचिवालले यही वैशाख २७ गतेदेखि शुरु हुने प्रतिनिधि सभाको अधिवेशनमा सहभागी हुने सांसदहरूको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको छ।
बुधबार र बिहीबार स्वाब संकलन गरिनेछ। नयाँ नयाँ बानेश्वरस्थित संसद् भवनमा बुधबार सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सम्पूर्ण सदस्य, महासचिव, सचिव, कार्यव्यवस्था परामर्श शाखा र सांसद व्यवस्थापन शाखासहित संसद् सचिवालयका सम्पूर्ण कर्मचारीको स्वाब संकलन जारी छ। बेलुका ५ बजेसम्म स्वाब संकलन हुनेछ।
यस्तै, भोलि बिहान १० देखि बेलुका ५ बजेसम्म संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मलेन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिलासँग आबद्ध पत्रकार, स्वकीय सचिवालयका कर्मचारी, ट्राफिक प्रहरी, बम डिस्पोज र जाँच गर्ने सुरक्षाकर्मी र अन्य सम्बन्धित व्यक्तिको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।