काठमाडौं - देशभर हाल सात सय बढी कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन्। ६१६ आईसीयू र १७९ जना भेन्टिलेटरमा गरी ७९५ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार ७२० जना संक्रमित आईसीयू र भेन्टिलेटरमा थिए।
प्रदेश १ मा ९३ आईसीयू र १८ भेन्टिलेटरमा, प्रदेश २ मा २४ आईसीयू र २ भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ३२५ आईसीयू र १२४ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ४४ जना आईसीयू र २ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६९ जना आईसीयू र १६ जना भेन्टिलेटरमा, कर्णालीमा ३२ जना आईसीयू र ७ जना भेन्टिलेटरमा र सुदूरपश्चिम प्रदेशमा २९ जना आईसीयू र १० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा १९४ जना संक्रमित आईसीयू र ७७ जना भेन्टिलेटरमा छन्। १ हजार २ सय १७ जना आइसोलेसनमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा ११ आईसीयू, ८ भेन्टिलेटर र १७० जना आइसोलेसनमा छन्। वीरेन्द्र अस्पताल छाउनीमा १९ जना आईसीयू र ६४ जना आइसोलेसनमा, वीर अस्पतालमा ५ जना आईसीयू, ३ भेन्टिलेटर र ९६ जना आइसोलेसनमा, नेपाल प्रहरी अस्पतालमा १७ आईसीयू, १२ जना भेन्टिलेटर र १५८ जना आइसोलेसनमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १२ जना आईसीयू, १० भेन्टिलेटरमा र ७२ जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा ३५ आईसीयू, ७ भेन्टिलेटर र १४६ जना आइसोलेसनमा, पाटन अस्पतालमा १२ आईसीयू, ९ भेन्टिलेटर र १०१ जना आइसोलेसनमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा १५ जना आईसीयू र ४५ जना आइसोलेसनमा, भक्तपुर अस्पतालमा ५ आईसीयू, ८ भेन्टिलेटर र ५७ जना आइसोलेसनमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा १३७ जना आइसोलेसनमा छन्।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ११ जना आईसीयू, ४ जना भेन्टिलेटरमा र ४१ जना संक्रमित आइसोलेसनमा, ह्याम्स अस्पतालमा २१ जना आईसीयू, ६ जना भेन्टिलेटरमा र ८७ जना आइसोलेसनमा, नेपाल मेडिसिटी अस्पतालमा ३१ आईसीयू, १० भेन्टिलेटर र ४३ जना आइसोलेसनमा, स्टार अस्पतालमा ४ आईसीयू, २ भेन्टिलेटर र २१ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।