काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख एवं महानिर्देशक टेड्रोस अधानोम गेब्रियेसस ले खोप निर्मातालाई तत्कालका लागि बढी खोप उत्पादनका लागि बौद्धिक सम्पत्ति अधिकारलाई हटाउन सम्बन्धित कम्पनी र देशहरूलाई आग्रह गरेका छन्।
कोभिड–१९ सङ्क्रमणको दर बढ्दै जाँदा धेरै देशहरूमा खोप अभावको ‘गम्भीर समस्या’ सामना गर्नुपर्ने भन्दै उनले यस्तो आग्रह गरेका हुन्।
‘यदि धेरै व्यक्तिलाई खोप लगाई सामूहिक प्रतिरोधात्मक क्षमता विकास गर्ने हो भने हामीसँग अहिले उपलब्धभन्दा धेरै बढी खोप चाहिन्छ,’ डब्लुएचओका प्रमुख गेब्रेयससले भने, ‘खोपको उत्पादन क्षमता बृद्धि हुनु पर्दछ । र यसका निम्ति बौद्धिक सम्पत्ति (आईपी) अधिकारको माफी आवश्यक छ।’
परोपकारको कार्य रहेकाले खोप निर्माणलाई व्यापकता दिनुपर्नेमा उनले जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।