फाइल तस्बिर
काठमाडौं– जनकपुर उपमहानगरपालिकाले आइसोलेशन केन्द्र सञ्चालन गरेको छ।
दैनिक बढिरहेको कोरोना संक्रमण रोकथाम एवं नियन्त्रणका लागि ३७ शय्याको आइसोलेशन केन्द्र सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।
उपमहानगरपालिका– ४ स्थित गोपाल धर्मशालामा आइसोलेशन केन्द्र सञ्चालन गरिएको हो।
होम आइसोलेशन बस्न असहज हुने संक्रमितलाई लक्षित गरी मंगलबारदेखि केन्द्र सञ्चालन गरेको उपमहानगरपालिकाकी उपप्रमुख रीता झाले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।