• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

धनगढीमा कोरोना संक्रमणदर उच्च, उपमहानगरको नियन्त्रण प्रयास फितलो

64x64
नेपाल लाइभ मंगलबार, वैशाख २१, २०७८  २१:४३
1140x725

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकामा पछिल्ला दिनहरूमा कोरोना संक्रमणको दर उच्च बनेको छ। उपमहानगरपालिकाको स्वास्थ्य शाखाले उपलब्ध गराएको विवरणअनुसार सोमबारसम्म उपमहानगरपालिकाभित्र सक्रिय संक्रमितको संख्या ८८४ पुगेको छ।

समग्र कैलाली जिल्लाको तुलनामा उपमहानगरपालिकामा संक्रमणदर उच्च रहेको तथ्यांकले देखाएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकअनुसार कैलालीमा सोमबारसम्म एक हजार २४६ सक्रिय कोरोना संक्रमित रहेका छन्।

धनगढी उपमहानगरपालिकामा पछिल्लो सात दिनको अवधिमा ६६८ जना संक्रमित थपिएका छन्। उपमहानगरपालिकाले उपलब्ध गराएको तथ्यांकअनुसार वैशाख १४ मा १२७ जना संक्रमित थपिएका थिए। त्यस्तै, वैशाख १५ गते १४२, १६ गते ११०, १७ गते ४८, १८ गते ८७, १९ गते १०१ र २० गते ५३ जना नयाँ संक्रमित थपिएका छन्।

उपमहानगरपालिकाका अनुसार वडा नम्बर ५ मा सबैभन्दा धेरै सक्रिय कोरोना संक्रमित रहेका छन्। त्यहाँ १४५ पुरुष र ७४ महिला गरी २१९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। त्यस्तै, वडा नम्बर १ मा ९२ पुरुष र ५३ महिला गरी १४५ सक्रिय संक्रमित रहेका छन्।

कोरोना संक्रमणबाट हालसम्म उपमहानगरपालिकाभित्र २२ जनाको मृत्यु भइसकेको छ। उपमहानगरपालिकाभित्र हालसम्म नौ हजार ८६० जनाको नमूना परीक्षण गरिएको जानकारी दिइएको छ। हालसम्म उपमहानगरपालिकामा तीन हजार ६७१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

उपमहानगरपालिकामा भयावहरुपमा संक्रमण फैलिँदै गए पनि नियन्त्रण तथा रोकथामका लागि उपमहानगरपालिकाको काम सुस्त देखिएको छ। उपमहानगरपालिकाले संक्रमितको तथ्यांक संकलन गर्नेबाहेक अन्य काम गर्न नसकेको स्वास्थ्य शाखाले स्वीकार गरेको छ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखाका अहेब लक्ष्मीराज उपाध्यायले भने, 'अहिलेसम्म सीमानाकामा होल्डिङ सेन्टर स्थापना गरिएको छैन। संक्रमितको उपचारका लागि आइसोलेसन पनि छैन। भारतबाट फर्केकाहरूको सीमानाकामा एन्टिजेन परीक्षणबाट पोजिटिभ आए उपमहानगरपालिकाको वडा नम्बर १५ कनरीस्थित आइसोलेसनमा राखेर पठाउने गरिएको छ। तर, होम आइसोलेसनमा रहेका व्यक्तिहरूको निगरानी गर्ने कुनै संयन्त्र नै बनेको छैन।'

गत वर्ष (२०७६ साल) चैतमा एक जनामा संक्रमण देखिनुअघि नै उपमहानगरपालिकाले नियन्त्रण तथा संक्रमण फैलन नदिन 'होल्डिङ सेन्टर'देखि होम आइसोलेसनमा रहेका व्यक्तिहरूको निगरानीको व्यवस्था गरेको थियो। त्यस्तै, भारतका विभिन्न राज्यबाट फर्केका नेपालीहरूलाई उपमहानगरपालिकामा होम आइसोलेसनमा राख्ने र त्यहाँ बसेका व्यक्तिहरूको निगरानी गर्ने तथा उनीहरूको अभिलेख राख्ने जिम्मेवारी वडाका प्रतिनिधिहरूलाई दिइएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

स्वास्थ्य शाखाका अहेव उपाध्यायले अहिले कनरीस्थित आइसोलेसन व्यवस्थापनको जिम्मा जिल्ला स्वास्थ्य कार्यालयले लिएको बताए। उपमहानगरपालिकाले सीमानाकामा कोरोना पोजिटिभ पुष्टि भएका व्यक्तिहरूलाई आइसोलेसन सेन्टरसम्म पुर्‍याउन एक गाडी र एम्बुलेन्सको व्यवस्था गरेको छ।

अहेव उपाध्यायले मंगलबार नगरप्रमुख नृपबहादुर वडको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिको बैठकले गेटा मेडिकल कलेजमा ५०० बेडको आइसोलेसन सञ्चालन गर्ने निर्णय गरेको बताए। वडा नम्बर १३ का वडाध्यक्ष विजयराज जोशीले पनि संक्रमण फैलन नदिन प्रभावकारी काम गर्न नसकेको स्वीकार गरे। यो वर्ष स्थानीय तहले कोरोना नियन्त्रणका लागि बजेट विनियोजनसमेत नगरेको उनको भनाइ छ।

उपमहानगरपालिकाले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका प्रयासहरू अघि बढाउन वडा नम्बर ८ का अध्यक्ष नारायण बराललाई गत वर्ष कोभिड-१९ का सम्पर्क व्यक्ति तोकेको थियो। 'यस वर्ष हामीले कोरोना संक्रमितको तथ्यांक लिने, सीमानाकामा कोरोना पोजिटिभ पुष्टि भएकाहरूलाई कनरी आइसोलेसनमा पुर्‍याउनेबाहेक अरु काम गर्न सकेका छैनौं,' वडाध्यक्ष बरालले भने। फेरि पुरानै समितिलाई जिम्मेवारी दिने र संक्रमण नियन्त्रणका लागि आवश्यकता अनुसारका गतिविधि अघि बढाउनेबारे सामान्य छलफल भएको उनले बताए। 

वडाध्यक्ष बरालले एक/दुई दिनपछि बैठक बसेर १९ वटै वडामा आवश्यकता अनुसार क्वारेन्टिन स्थापना गर्ने र आइसोलेसन बनाउने लगायतका कुरा सम्पूर्ण वडामा सर्कुलर गरिने बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले अहिले उपमहानगरपालिकाले कोभिड नियन्त्रणका लागि भनेर कुनै रकम विनियोजन नगरिएको जानकारी दिए। उनले भने, 'उपमहानगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषबाटै आवश्यकता अनुसार कोरोना नियन्त्रणका लागि रकम खर्च गरिनेछ।'

उनका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ मा विपद् व्यवस्थापन कोषमा एक करोड १२ लाख ७१ ह्जार रुपैयाँ विनियोजन गरेकोमा हालसम्म ६९ लाख ३० हजार रकम खर्च भइसकेको छ। यो रकम कोरोना नियन्त्रण तथा संक्रमण रोकथामका लागि खर्च नभएको उनले बताए। विपद् सामग्री खरिद र आगलागीबाट पीडित भएका व्यक्तिलाई राहतलगायतमा खर्च भएको उनको भनाइ छ।

उपमहागनरपालिकाले गत आर्थिक वर्ष २०७६/७७ मा ससर्त अनुदानअन्तर्गत २६ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएकोमा पाँच लाख २५ हजार र अन्य अनुदानअन्तर्गतको एक करोड दुई लाख रुपैयाँ विनियोजन गरेकोमा ९५ लाख ८७ हजार रुपैया खर्च भएको जानकारी दिएको छ।

उपमहानगरपालिकाले गत वर्ष कोरोना नियन्त्रणका लागि भनेर स्थापना गरेको कोषमा व्यक्ति तथा संस्थाबाट १२ लाख रुपैयाँभन्दा बढी रकम संकलन गरेको थियो। उक्त रकम आइसोलेसन व्यवस्थापन, सरसफाइ सामग्री खरिद, क्वारेन्टिन सेन्टरमा रहेकाहरूको खानाको व्यवस्थालगायतमा खर्च भएको जनाइएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  २१:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्