काठमाडौं– काठमाडौं उपत्यकामा एकैदिन (मंगलबार) ३ हजार ८ सय ९३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमणको पुष्टि भएको छ।
विभिन्न प्रयोगशालाहरुमा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका ३ जिल्लामा गरी ३ हजार ८ सय ९३ जना संक्रमित थपिएका हुन्।
मंगलबार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार ७७९ छन्। यस्तै, ललितपुरमा ६०१ र भक्तपुर जिल्लामा ५१३ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।