काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा रहेका नेकपा एमाले सांसद अमरबहादुर डाँगी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन्।
माओवादीमा प्रवेश गर्दा मुख्यमन्त्री पोखरेलले सांसद पदबाट काराबाही गर्ने भएकाले त्यसअघि नै डाँगीले सांसद पदबाट राजीनामा दिने माओवादी केन्द्रका सांसद इन्द्रजित थारुले जानकारी दिए।
‘अमरबहादुर डाँगीज्यू माओवादी प्रवेश गर्ने सहमति भइसक्यो। माओवादीमा प्रवेश गर्ने भनेपछि एमालेले कारबाही गरिहाल्छ त्यो भन्दा पहिलै सांसदबाट राजीनामा दिने भन्ने छ’थारुले भने,‘आजै उहाँ(अमरबहादुर डागी) माओवादी प्रवेश गरेर सांसद पदबाट राजीनामा दिने सम्भावना छ।’
डाँगी दाङ क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सदस्य हुन्।
डाँगीले राजीनामा दिए मुख्यमन्त्रीको पक्षमा ३८ जना सांसद मात्रै हुने भएका छन्। यसअघि एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य दृगनारायण पाण्डेले राजीनामा दिएका थिए। राजीनामा दिएसँगै उनी नेपाली कांग्रेस प्रवेश गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।