काठमाडौं– गण्डकी प्रदेशमा थप १३८ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ।
लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालिमा गरिएको परीक्षणका क्रममा थप १३८ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।
थपिएका संक्रमितमध्ये सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिकाका छन्। कास्कीको पोखरा महानगरपालिकाका मात्रै १३० जनामा कोरोना संक्रमण देखिएको निर्देशनालयले जानकारी दिएको छ।
यस्तै, तनहुँका ५ र म्याग्दी, पर्वत तथा स्याङ्जा जिल्लाका १–१ जनामा सक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ।
थपिएका संक्रमित समेत गरी हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९ हजार ८५३ पुगेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए।
निर्देशक डा शर्माका अनुसार कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा हालसम्म २३५ जनाको मृत्यु भएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।