काठमाडाैं- नेपालमा कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै 'हट स्पट' बनेको लुम्बिनी प्रदेशमा संक्रमण झन् भयावह बन्दै गएको छ। प्रदेशमा अहिले दैनिक एक हजारभन्दा बढीमा संक्रमण पुष्टि भइरहेको तथ्यांक छ।
लुम्बिनीमा पछिल्लो २० दिनभित्र नै १४ हजार ६२३ जना संक्रमित भएका छन् भने २०२ जनाको मृत्यु भएको छ। उक्त अवधिको औसत मृत्युदर १.३८ प्रतिशत कायम भएको देखिन्छ।
सोमबार एकै दिन एक हजार २८८ जनामा संक्रमण पुष्टि हुँदा ३१ जनाको मृत्यु भएको प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ। सोमबार मृत्यु हुनेको संख्या एकै दिनको मृत्युमा हालसम्मकै बढी हो।
सोमबारको संक्रमित संख्या पनि दोस्रो धेरै हो। यसअघि १७ वैशाखमा सबैभन्दा धेरै एक हजार ७१० जनामा संक्रमण पुष्टि भएको थियो।
स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार लुम्बिनीमा हाल ११ हजार ८६८ संक्रिय संक्रमित रहेका छन्। प्रदेशमा हालसम्म ६२५ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।
यस्तो छ तथ्यांक:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।