काठमाडौं– डोटीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आज (मंगलबार) राति १२ बजेबाट लागू हुने गरी १० दिने निषेधाज्ञा जारी भएको छ।
कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको बैठकले आज राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए। यो अवधिमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहनेछ।
पछिल्लो समयमा नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङक्रमण बढेसँगै जिल्लामा दिनहुँ सङ्क्रमित बढ्दै जान थालेका छन्।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार वैशाख ५ देखि यता जिल्लामा १७३ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने कोरोनाकै कारण दुई जनाको ज्यान गइसकेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।