काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टीको क्रिकेट टिम चेन्नई सुपर किङ्सका प्रमुख कार्यकारीसहित तीन सदस्यलाई कोरोना भाइरस संक्रमण भएको छ।
टिमको व्यवस्थापकीय समूहलाई संक्रमण देखिए पनि खेलाडीमा भने संक्रमण नदेखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
कोरोना देखिनेमा टिमका प्रमुख कार्यकारी कासी विश्वनाथन, बलिङ प्रशिक्षक एल बालाजी र बस सहायक रहेका समाचारहरुमा उल्लेख छ।
यसअघि खेलाडीमै संक्रमण देखिएपछि सोमबार कोलकत्ता र बैंग्लोरबीचको खोल स्थगित भएको थियो। कोरोनाको कारण देखाउँदै केही विदेशी खेलाडीले समेत प्रतियोगिता छाडेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।