फाइल तस्वीर
काठमाडाैं- जिल्ला भित्रिएका हवाई यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि हुम्लामा एक साता निषेधाज्ञाकाे आदेश जारी गरिएकाे छ।
प्रमुख जिल्ला कार्यालयकाे साेमबार बसेकाे बैठकले वैशाख २१ गते राति १२ बजेबाट वैशाख २८ गते राति १२ बजेसम्म निषेधाज्ञाकाे आदेश जारी गरेकाे हाे।
निषेधाज्ञामा स्वास्थ्य, शान्ति सुरक्षा, सूचना सञ्चार, खोनेपानी, फोहोर मैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकको एटीएम सेवा खुल्ला रहने प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए।
यस्तै, जनस्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालन गरी दैनिक उपभोग्य वस्तु – तरकारी, खाद्य, दूध, ग्यास पसल बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न पाइनेछ।
बिरामी तथा सुरक्षाकर्मी बोकेको सवारी साधनबाहेक अरुलाई निषेध गरिएकाे प्रजिअ आचार्यले जानकारी दिए।
साथै, निषेधाज्ञा लागू हुँदा बखत सीमा नाकाबाट जिल्ला प्रवेश गरी गन्तव्य स्थानमा पुगिनसकेका नागरिकका लागि भने सम्बन्धित सुरक्षा निकाय र गाउँपालिकाको समन्वयमा गन्तव्यसम्म पुग्न सकिने उनकाे भनाइ छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।