काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुख नियुक्त गरेकी छन्।
मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपतिले गण्डकीमा सीता पाैडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन्।
उनीहरूले आजै पद तथा गोपनीयताको शपथ लिने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
यसअघि सोमबार नै राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमकी प्रदेश प्रमुख शर्मिलाकुमारी पन्त (त्रिपाठी)लाई पदमुक्त गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।