प्रतिकात्मक तस्वीर काठमाडौं– सरकारले औद्योगिक प्रयोजनका लागि प्रयोग गर्नेगरी अक्सिजनको आपूर्तिमा रोक लगाएको छ। कोरोना भाइरस संक्रमणको अवस्था सामान्य नभएसम्मका लागि उद्योगका लागि अक्सिजनको आपूर्तिमा रोक लगाइएको हो।
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका अक्सिजन प्लान्टबाट उत्पादिन अक्सिजन हाललाई अस्पताल र उपचारको प्रयोजनका लागि मात्रै प्रयोग गरिने बताए।
‘देशभरका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन हाललाई अस्पताल र उपचारको प्रयोजनका लागि मात्र प्रयोग गर्ने गरी अनय क्षेत्रमा आपूर्ति गर्न रोक लगाइएको छ,’ प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्टको स्थापना गरिने पनि बताए। सञ्चालनमा नआएका अक्सिजन प्लान्टलाई शीघ्र मर्मत गरी सञ्चालनमा ल्याइने पनि ओलीले बताए।
प्रधानमन्त्री ओलीले लिक्विड अक्सिजन तथा अक्सिजन जेनेरेटर खरिद गरेर मौज्दात गरिने पनि बताए। लिक्विड अक्सिजनको अवैध निर्यात गर्नेलाई कडा कारबाही गरिने प्रधानमन्त्री ओलीले चेतावनी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।