काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणको साङ्लो तोड्नका लागि जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीका कारण कसैलाई पनि भोकै पर्न नदिनेमा सरकार सचेत रहने बताएका छन्। सोमबार देशवासीका नाममा सम्बोधन गर्दै उनले महामारी नियन्त्रण भएसँगै अर्थतन्त्र र रोजगारीका क्षेत्रलाई ध्वस्त हुन नदिन आवश्यक प्रबन्ध गरिने बताए।
‘जनस्वास्थ्यका मापदण्ड पालनाको नेतृत्व गृह मन्त्रालयले र जनचेतनाको नेतृत्व सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गर्ने छन्। परीक्षण, उपचार तथा अन्य विषय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले र खोप आयातको नेतृत्व परराष्ट्र मन्त्रालयले गर्ने छन्। अन्तरमन्त्रालय समन्वयमा काम गरिनेछ,’ उनले भने।
अघिल्लो वर्ष देशव्यापी बन्दाबन्दी हुँदा कैयौं ठाउँमा नागरिकको भोकले निधन भएको समाचार सार्वजनिक भएको थियो। जसले अद्यापि सरकारको आलोचना हुने गरेको छ।
त्यस्तै, प्रधानमन्त्रीले महामारीको संक्रमण बढ्न नदिन सरकारले आफ्नो दायित्व हर हालतमा पूरा गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।