फाइल तस्वीर
काठमाडौं– कोरोना संक्रमण भएर मृत्यु भएकाहरुको शव बागमती नदी किनारमा जलाउन शुरु गरिएको छ।
पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरेर पशुपति क्षेत्र इलाकाकै बागमती नदी किनारमा शव जलाउन शुरु गरिएको सेनाले जनाएकाे हाे।
'शवदाह गृह एउटा मात्रै सञ्चालनमा रहेकाले शव जलाउन समय लाग्ने गरेकाे छ। हामीले स्वास्थ्य सम्बन्धि सबै मापदण्ड पूरा गरेर बागमती किनारमा साेमबारदेखि शव जलाउन शुरु गरेका छाैं,' सेनाका प्रवक्ता तथा सहायक रथी सन्तोषवल्लभ पौडेलले भने।
सेनाले आइतबारसम्म कोरोनाबाट मृत्यु भएका देशभरबाट ३ हजार ४ सय ६२ वटा शव व्यवस्थापन गरेको छ।
सोमबार ३ बजेसम्म मात्रै उपत्यकामा ३० वटा शव व्यवस्थापनका लागि अनुरोध भएर आएको प्रवक्ता पौडेलले बताए।
कोरोना संमक्रितको दर बढ्दै जाँदा र मृतकको संख्या थपिदै गएपछि शव व्यवस्थापनका लागि ठाउँ अभाव हुने संकेत देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।