काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई अक्सिजन सिलिण्डरहरु होल्न नगर्न आग्रह गरेको छ।
अस्पतालले सिलिण्डर होल्ड गर्दा अक्सिजन आपूर्तिमा समस्या आएको चर्चा चलेपछि मन्त्रालयले सिलिण्डर होल्न नगर्न अस्पतालहरुलाई आग्रह गरेको हो।
मन्त्रालयका स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइ (एचईओसी)का प्रमुख डा समिरकुमार अधिकारीले सोमबार सबै अस्पतालहरुलाई अक्सिजनको सहज व्यवस्थापनको लागि तयारी अवस्थामा रहन पनि भनेका छन्।
डा अधिकारीले सर्वसाधारणहरुले अक्सिजन सिलिण्डरहरु अनावश्यक रुपमा जोखिमपूर्ण तरिकाले संचित गर्ने वा प्रयोग गर्ने खालका गतिविधि हुन नदिन पनि सबैमा आग्रह गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।