काठमाडौं– स्वास्थ्य कार्यालय काठमाडौं र निजामति कर्मचारी (सिभिल) अस्पतालबीच कोडिभ अस्पताल सञ्चालनका सम्बन्धमा सम्झौता भएको छ।
सम्झौताअन्तर्गत सिभिल अस्पतालले कम्तिमा ५० शय्याको कोभिड केयर युनिट सञ्चालन गर्नेछ। यस्तै, संक्रमितको उपचार व्यवस्थापनमा लाग्ने खर्च भने स्वास्थ्य कार्यालयले ब्यहोर्ने छ।
समान्य उपचारको लागि ३ हजार ५००, मध्यम उपचारको लागि ७ हजार र गम्भीर उपचारको लागि १५ हजार रुपैयाँ प्रतिबिरामी स्वास्थ्य कार्यालयले अस्पताललाई उपलब्ध गराउने छ।
कुनै बिरामीले आफ्नै खर्चमा क्याबिन सुविधासहितको उपचार गर्न चाहेमा अस्पतालले तोकिएको दररेटमा ५० प्रतिशत थप गरी शुल्क लिन पाउने पनि सम्झौतामा उल्लेख छ।
सम्झौतामा जिल्ला स्वास्थ्य कार्यालयका तर्फबाट बद्रीबहादुर खड्का र सिभिल अस्पतालका तर्फबाट प्राध्यापक डाक्टर बिधान निधी पौडेलले हस्ताक्षर गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।