काठमाडाैं- सरकारले ए वर्गका प्रयोगशालाहरूलाई पीसीआर परीक्षण गर्न दिने निर्णय गरेकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे आइतबार बसेकाे बैठकले न्यूनतम १०० बेड भएका अस्पतालमा आधारित रहेका पीसीआर र ए वर्गका प्रयोगशालाहरूलाई पीसीआर परीक्षण गराउन दिने निर्णय गरेकाे हाे।
यसअघि मन्त्रालयले सरकारी अस्पताल र केही निश्चित निजी अस्पताललाई मात्र पीसीआर परीक्षणको अनुमति दिइएको थियो।
ती प्रयोगशालाहरूले पीसीआर जाँचका लागि सातै दिन नमूना लिने व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएकाे छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।