काठमाडाैं- काठमाडाैं उपत्यकामा एकै दिन ३ हजार ५९५ काेराेना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा २ हजार ७४४, भक्तपुरमा ३०१ र ललितपुरमा ५५० गरी ३५९५ काेराेना संक्रमित थपिएका हुन्।
याे संख्या अहिलेसम्म कै उच्च हाे।
शनिबार काठमाडाैं उपत्यकामा २ हजार ४९५ काेराेना संक्रमित थपिएका थिए। हिजाे काठमाडाैंमा १९३२, भक्तपुरमा २०८ र ललितपुरमा ३५५ गरी २४९५ काेराेना संक्रमित थपिएका हुन्।
यस्तै, शुक्रबार काठमाडाैं उपत्यकामा २९५६ काेराेना संक्रमित थपिएका थिए।
मन्त्रालयका अनुसार शुक्रबार काठमाडाैंमा २४०४, भक्तपुरमा १३३ र ललितपुरमा ४१९ गरी १५६० काेराेना संक्रमित थपिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।