काठमाडाैं- सत्तारुढ दल नेकपा (एमाले)ले कोराना भाइरसको संक्रमण नियन्त्रण तथा संक्रमितको उपचारका लागि आवश्यक तयारी तीव्रताका साथ बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
आइतबार बालुवाटारमा बसेको पार्टीको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो। 'बैठकले कोभिड बिरामीहरुको उपचारका लागि आवश्यक पूर्वाधार, शय्याहरु, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक औषधिको तत्काल थप प्रबन्ध गर्न र अन्य तयारी तीव्रताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ,' बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
साथै, समग्र पार्टी पंक्तिलाई कोभिडविरुद्धको लडाइँमा स्वयंसेवी रुपमा परिचालित हुनसमेत बैठकले आह्वान गरेको जानकारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।