धनगढी– कोरोना भाइरसको संक्रमण भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना भएका पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरी र उनकी पत्नीले सरकारी अस्पतालमा अक्सिजन नपाएको गुनासो गरेका छन्।
पूर्व स्वास्थ्यमन्त्री चौधरीले आफ्नी धर्मपत्नीको स्वास्थ्य अवस्था जटिल भएपछि अक्सिजनका लागि मेडिकल सुपरिटेन्डेन्ट र व्यवस्थापन समितिसँग गुहार मागे। तर, अस्पतालमा अक्सिजन उपलब्ध हुन सकेन।
सबैतिर अक्सिजनको खोजी गरेपछि एक निजी अस्पतालमा एक थान सिलिण्डर भेटियो। त्यही सिलिण्डर ल्याएर पूर्व स्वास्थ्यमन्त्री चौधरीकी पत्नीलाई अक्सिजन दिइयो।
पूर्व स्वास्थ्यमन्त्री चौधरी र उनकी पत्नीको यतिबेला सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार भइरहेको छ।
पूर्वस्वास्थ्यमन्त्री चौधरीले आफ्नो स्वास्थ्य अवस्थामा सुधार भइसकेको र पत्नीको अवस्था अझै सुधार हुन नसकेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।