काठमाडाैं- निषेधाज्ञाको चाैथो दिन आज काठमाडाैं उपत्यकामा थप कडाइ गरिएको छ। यहाँका सडक प्राय: खाली रहे पनि चेकिङस्थलहरुमा सवारीसाधनको भीडभाड देखिन्छ।
ठाउँ-ठाउँमा चेकिङका लागि सुरक्षाकर्मी परिचालित भएका छन्। निषेधाज्ञाको पहिलो दिनबाटै पासबिना सञ्चालन गरिएका सवारीसाधनलाई नियन्त्रणमा लिई सडकमै 'होल्ड' गरेर राखिँदै आएको छ, जुन क्रम आज पनि जारी छ। यसरी होल्ड गरिएका सवारीसाधनलाई साँझ मात्र छाड्ने गरिएको छ।
आजबाट सञ्चारकर्मीलाई समेत आवातजावतमा कडाइ गरिएको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सूचना विभागको पास भएका सञ्चारकर्मीलाई मात्र सवारी सञ्चालन गर्न दिने निर्णय गरेको थियो।
यस्तै बैंकका शाखा र कर्मचारीसमेत एक चाैथाइमा सीमित गर्नुपर्ने निर्णय सीसीएमसीले गरेपछि सडकमा सवारी चाप अझ कम हुने देखिन्छ।
बबरमहल-अनामनगर क्षेत्रका सडकका केही तस्बिरहरु:









नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।