कैलाली- कैलालीमा जारी निषेधाज्ञालाई वैशाख ३० गतेसम्म निरन्तरता दिइने भएको छ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शनिबार बसेको बैठकले वैशाख १६ गतेदेखि २२ गतेसम्म हुने गरी जारी गरिएको निषेधाज्ञाको समयअवधि लम्बाएको हो।
जिल्लामा कोरोना संक्रमणदर बढ्दै गइरहेको भन्दै वैशाख ३० गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिन लागिएकाे प्रमुख जिल्ला अभिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए।
उनका अनुसार संक्रमणको प्रभाव न्यून रहेका चुरे र मोहन्याल गाउँपालिकाबाहेक अन्य सबै स्थानीय तहमा निषेधाज्ञा लागु हुनेछ।
यस्तै, सबै बैंक तथा वित्तीय संस्थाहरु वैैशाख २० गतेदेखि ३० गतेसम्म बिहान ९ बजेदेखि साढे ११ बजेसम्म मात्र र एक बैंकको एक मात्र शाखा खुल्न पाउने पनि निर्णय गरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।