काठमाडाैं- निषेधाज्ञा जारी भएका जिल्लामा आइतबारबाट सञ्चारकर्मीलाई पनि कडाइ गर्ने भएको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सूचना विभागको कार्ड भएका पत्रकारलाई मात्र आवातजावत गर्न दिने निर्णय गरेको हो।
सीसीएमसीको शुक्रबार साँझ बसेको बैठकले काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय गरेको छ।
यसअघि सम्बन्धित सञ्चारगृहको कार्ड भएका पत्रकारले आवातजावत गर्न पाउने व्यवस्था रहेकोमा सूचना विभागको कार्ड अनिवार्य गरिएको हो।
काठमाडाैं उपत्यकामा बिहीबारबाट १५ दिनका लागि निषेधाज्ञा जारी भएको हो। आइतबारबाट थप आठ जिल्लासहित देशभरका २९ जिल्लामा निषेधाज्ञा लागू हुने गृह मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।