काठमाडाैं- दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि मकवानपुरका चार क्षेत्रमा निषेधाज्ञाकाे आदेश जारी गरिएकाे छ।
जिल्ला प्रशासन कार्यालय, मकवानपुरको शनिबार बसेकाे बैठकले चार क्षेत्रमा वैशाख १९ गते (आइतबार)राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञाकाे आदेश जारी गरेकाे हाे।
प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी र भीमफेदी गाउँपालिका भित्र निषेधाज्ञा जारी गरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।