गेटा मेडिकल कलेज।
कैलाली- सरकारले कैलालीस्थित गेटा मेडिकल कलेजलाई आइसोलेसन बनाउने भएको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णयअनुसर उक्त कलेजलाई आइसोलेसन बनाउन लागिएको हो।
सिंहदरबारमा शुक्रबार साँझ बसेको सीसीएमसीको बैठकले गेटा मेडिकल कलेजको निर्माण सम्पन्न भएको मुख्य भवनलाई आइसोलेसन बनाउन जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र कैलालीलाई निर्देशन दिने निर्णय गरेको थियो।
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले सीसीएमसीबाट आइसोलेसन बनाउन निर्देशन आएको जानकारी दिए। उक्त निर्देशनअनुसार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको मातहतमा रहने गरी सञ्चालन गरिने आइसोलेसनको स्थापना र व्यवस्थापनमा नेपाली सेना परिचालन गरिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।