काठमाडाैं- नेपालमा कोरोना महामारीकाे दोस्रो लहर शुरु भएसँगै अमेरिकाले थप आर्थिक सहयाेग गर्ने भएकाे छ।
नेपालका लागि अमेरिकी राजदूत र्यान्डि बेरीले शनिबार एक ट्वीट गर्दै थप ८५ लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
उक्त रकम अमेरिकी सहयोग नियोगमार्फत नेपाललाई उपलब्ध हुनेछ।
‘याे सहयोग नेपालको कोरोना परिक्षण, कन्ट्रयाक ट्रेसिङ, केसको अनुसन्धान, उपचार, संक्रमण रोकथाम र नियन्त्रण, सीमा नियन्त्रण र अन्य संघीय, प्रादेशिक र स्थानीय तहका लागि हो,’ विज्ञप्तिमा भनिएको छ ।
यस्तै, दूतावासले काेराेना महामारीको शुरुदेखि नै अमेरिका नेपालकाे साथमा रहेकाे बताउँदै भविष्यमा पनि साथ तथा सहयाेग रहने जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।