काठमाडौं– पछिल्लो २४ घन्टामा देशमा हालसम्मकै उच्च संक्रमित दरको रेकर्ड कायम हुने गरी कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १४ हजार ४ सय ३ जनामा गरिएको पिसिआर परीक्षणमा ५ हजार ७ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
शनिबार संक्रमण पुष्टि भएको संख्या परीक्षण गरेकोमध्ये ४० प्रतिशत हो। औषतमा हेर्दा १०० जनाको परीक्षण गर्दा ४० जनामा कोरोना देखिएको छ।
त्यस्तै, ५६६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७ जनामा पोजेटिभ देखियो। उमेर समूह अनुसार हेर्दा शनिवार सवैभन्दा धेरै ३० देखि ३९ वर्षका मानिसको संख्या रहेका छ। यो उमेर समूहका १४ सय ४१ जनामा संक्रमण पुष्टि भयो।
यस्तै, २० देखि २९ वर्षका १३४६ जनामा संक्रमण पुष्टि भएको छ। ४० देखि ४९ वर्ष उमेरका १०८३ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै, २० वर्ष मुनि उमेर समूहका ४ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ। ५० देखि ५९ वर्ष उमेर समूहका ७ सय ४३ जनाामा संक्रमण पुष्टि भएको छ।
६० देखि ६९ वर्षका उमेरका ३सय ८६, ७० देखि ७९ वर्षका १५१, ८० देखि ८९ का ५०, ९० देखि १०० उमेरका ८ र उमेर खुल्न नसकेका ६० जनामा संक्रमण पुष्टि भएको छ। शनिवार १९ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।