काठमाडाैं- लुम्बिनी प्रदेशमा १६ दिनमा ११ हजार १७ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामा संक्रमणको ग्राफ केही दिनदेखि लगातार उभो लाग्ने क्रममा रहेकाे छ। वैशाख ३ गते १५२ गते संक्रमित थपिएको लुम्बिनीमा शुक्रबार ११५६ जना संक्रमित थपिएका थिए।
यस्तै आज (शनिबार) १४ सय ३० काेराेना संक्रमित थपिएका छन्। हाल लुम्बिनीमा ३२ हजार १६ सय ३२ जना संक्रमित रहेका छन्।
हालसम्म यस प्रदेशमा ५५६ काेराेना संक्रमितकाे मृत्यु भइसकेकाे छ। जसमा ३७५ पुरुष र १८१ महिला रहेका छन्। शुक्रबार मात्रै यस प्रदेशमा २४ काेराेना संक्रमितकाे मृत्यु भएको थियाे।
यस्तो छ १६ दिनको तथ्यांक
वैशाख ३ – १५२
वैशाख ४– १३६
वैशाख ५– २६१
वैशाख ६ – ४००
वैशाख ७– ४५२
वैशाख ८– ४५२
वैशाख ९– २६४
वैशाख १० – ८९३
वैशाख ११ – ७८३
वैशाख १२ – ७५९
वैशाख १३ – ६८१
वैशाख १४ – ८४१
वैशाख १५ –११३६
वैशाख १६ – १७१०
वैशाख १७- ११५६
वैशाख १८- १४३०
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।