काठमाडाैं- पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा २४९५ काेराेना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा १९३२, भक्तपुरमा २०८ र ललितपुरमा ३५५ गरी २४९५ काेराेना संक्रमित थपिएका हुन्।
शुक्रबारकाे तुलनामा याे संख्या निकै कम हाे। हिजाे काठमाडाैं उपत्यकामा २९५६ काेराेना संक्रमित थपिएका थिए।
मन्त्रालयका अनुसार हिजाे काठमाडाैंमा २४०४, भक्तपुरमा १३३ र ललितपुरमा ४१९ गरी १५६० काेराेना संक्रमित थपिएका हुन्।
यस्तै, देशभरका प्रयोगशालाहरुमा गत २४ घण्टामा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा शनिबार थप ५ हजार ७६३ जनामा संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा गरी १४ हजार ४०३ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो।
यस्तै, गत २४ घण्टामा ५६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जनामा कोरोना संक्रमण संकेत (एन्टिजेन पोजेटिभ) देखिएको मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन परीक्षणबाट गरी ५ हजार ७६३ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।