काठमाडौं- सूचना तथा प्रसारण विभाग (प्रशासन तथा प्रेस शाखा)का कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि दिँदै आएको सेवा अनिश्चितकालको लागि बन्द गरिएको छ।
शुक्रबार विभागले एक विज्ञप्ति जारी गर्दै विभागमै कार्यरत केही कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएको र उनीहरुसँग निकट सम्पर्कमा रहेका अन्य कर्मचारीमासमेत मिल्दोजुल्दो लक्षण देखिएकोले सेवा स्थगित गरिएको जानकारी दिएको हो।
यो अवधिमा पत्रकारहरुको नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, जारी/नवीकरण, अनलाइन सञ्चारमाध्यम नयाँरपुनः दर्तारनवीकरण र प्रसारणतर्फको सम्पूर्ण सेवा स्थगित गरिएको विभागले जनाएको छ।
‘सेवा प्रवाह गर्दा सम्बन्धित व्यक्ति स्वयं विभागमा उपस्थित हुनुपर्ने कानूनी व्यवस्था र विभागको उपरोक्त सेवा अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न तत्काल सम्भव नहुने र बढी जनसम्पर्क हुने तथा संक्रमणबाट सेवाग्राही महानुभाव तथा कर्मचारीहरुलाई सम्भावित संक्रमणबाट जोगाउन निमित्त वैशाख १९ गतेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा स्थगित गरिएको छ,’ विभागले भनेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।