काठमाडाैं- नेपालमा ५ हजार ७२७ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा देशभर १५ हजार ३९१ जनामा पीसीआर र ५२५ जनामा एन्टिजेन परीक्षण गरिएकोमा ५ हजार ७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पीसीआर परीक्षणबाट ५ हजार ६५७ र एन्टिजेन परीक्षणबाट ७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा मृत्यु हुनेको संख्या ३ हजार २ ७९ पुगेको छ।
साेही अवधिमा ९२८ जना संक्रमित निको भएका छन्। हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ३ लाख २३ हजार १८७ पुगेको छ भने यसमध्ये २ लाख ८१ हजार ९५ जना निको भएका छन्।
अहिले देशभर ३८ हजार ८१३ जना सक्रिय संक्रमित रहेका छन् भने ५५ जना क्वारेन्टिनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।