काठमाडाैं- पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा २९५६ काेराेना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा २४०४, भक्तपुरमा १३३ र ललितपुरमा ४१९ गरी १५६० काेराेना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा देशभर १५ हजार ३९१ जनामा पीसीआर र ५२५ जनामा एन्टिजेन परीक्षण गरिएकोमा ५ हजार ७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पीसीआर परीक्षणबाट ५ हजार ६५७ र एन्टिजेन परीक्षणबाट ७० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।