कैलाली- सुदूरपश्चिममा बिहिबार एकै दिन ११ कोरोना संक्रमितको मृत्यु भएको छ। बिहिबार कैलालीका ६, कञ्चनपुरका तीन, अछाम र बझाङका एक/एक जना गरी ११ संक्रमितको मृत्यु भएको हो।
कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका-३ बस्ने ४५ वर्षीया महिला, लम्कीचुहा-२ का ३३ वर्षीय पुरुष, घोडाघोडी-१० का ६० वर्षीय पुरुषको, धनगढी उपमहानगरपालीका ४का ४० बर्षिय पुरुष र घोडाघोडी नगरपालिका-१२ का २८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।
यसैगरी, कैलालीको गोदावरी नगरपालिका ४ कि ८७ बर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
यस्तै, महाकाली अस्पतालमा ३ कोरोना संक्रमितको मृत्यु भएको छ। भीमदत्त नगरपालिका-१९ का २१ वर्षीय युवक, भीमदत्त नगरपालिका-१८ की ३६ वर्षीया एक महिलाको र महाकाली नगरपालिकाका ३० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले जानकारी दिए।
यसैगरी, बझाङमा पनि कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ।
जिल्ला अस्पतालमा उपचाररत मष्टा गाउँपालिका-५ का ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको जिल्ला अस्पताल बझाङले जनाएको छ।
उता अछाममा पनि एक संक्रमितको पुरुषको मृत्यु भएको छ। बान्नीगढी जयगढी गाउँपालिका-५ कालिका बाहुन गाउँका ७७ वर्षीय पुरुषको मृत्यु भएको हो। उनकोे नेपालगंजबाट अछाम ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।