काठमाडाैं- जिल्ला प्रशासन कार्यालय, सुनसरीले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। शुक्रबार मध्यरातिदेखि वैशाख २४ को मध्यरातिसम्म लागु हुने गरी निषेधाज्ञा जारी गरिएकाे हाे।
अत्यावश्यक काममा बाहेक बाहिर हिँड्डुल गर्न नपाइने प्रशासनले जनाएको छ। यस्तै, भेला, जुलुस, सम्मेलन, गोष्ठी, छलफलमा प्रतिबन्ध लगाइएको छ।
साथै,हाटबजार,मेला,जात्रा,महोत्सव,भोज गर्न रोकिएको छ। १० वर्ष मुनी र ६० वर्षमाथि उमेर समूहका व्यक्ति तथा दिर्घ रोगीलाई घर बाहिर कुनै पनि कार्यमा आवतजावत गर्न प्रशासनले रोक्ने निर्णय गरेकाे छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।