काठमाडाैं- राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृ शोक परेको छ।
उनका बुवा रामकृष्ण मल्लकाे बिहीबार बिहान ७८ वर्षको उमेरमा निधन भएकाे हाे।
पूर्वकप्तान पारस खड्काले मल्लकाे बुवाकाे निधन भएकाे सामाजिक संजालबाट जानकारी दिएका हुन्।
यता, नेपाल क्रिकेट संघ (क्यान)का सदस्य छुम्बी लामाले पनि कप्तान मल्लको बुवाको निधन जानकारी दिए।
उनको आजै टेकुमा अन्तिम संस्कार गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।