फाइल तस्बिर।
कैलाली- कैलाली र कञ्चनपुरमा बिहीबार एकैदिन ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। बिहीबार कैलालीमा चार र कञ्चनपुरमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो।
कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका-३ बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। ती महिलामा कोरोना पुष्टि भएको १२ घण्टामै बिहीबार बिहान मृत्यु भएको श्रेष्ठले बताए।
यस्तै, सेती प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत कैलालीको लम्कीचुहा–२ का ३३ बर्षीय पुरुष र घोडाघोडी–१० का ६० बर्षीय पुरुषको पनि आजै मृत्यु भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
त्यस्तै, घरमै आइसोलेसनमा बसेकी गोदावरी नगरपालिका पहाडरोडकी ८७ वर्षिया एक महिलाको समेत मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
बिहीबार नै कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवक, महाकाली नगरपालिकाका ३० वर्षीय युवक र भीमदत्त नगरपालिका–१८ की ३६ वर्षीया महिलाको मृत्यु भएको महाकाली अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।