काठमाडौं– पर्सामा एकै दिन १६९ जना कोरोना संक्रमित फेला परेका छन्। वीरगञ्जको नारायणी अस्पतालमा २८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा आज बिहान आएको रिपोर्टमा १० वर्षदेखि ७७ वर्ष उमेर समूहका १३३ पुरुष र ३६ महिलामा संक्रमण पुष्टि भएको हो।
भेटिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी पर्साका १४० रहेका छन् भने बाराका २४, रौतहटका तीन र सप्तरी तथा दैलेखका एक÷एक जना रहेको नारायाणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिए।
कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता फेला परेका संक्रमितमध्ये यो सबैभन्दा बढी संख्या रहेको उनले बताए। यससँगै पर्सामा सङ्क्रमितको कुल संख्या चार हजार ३१७ पुगेको छ।
भरतपुर अस्पालतमा १४०को परीक्षण गर्दा ५६ जनामा संक्रमण
यसैबीच चितवनको भरतपुर अस्पतालमा पनि अत्यधिक संख्यामा संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा १४० जनाको पीसीआर परीक्षण गर्दा ५६ जनामा संक्रमण फेला परेको अस्पतालको कोभिड प्रयोगशालाका प्रमुख मणिराम महतोले बताए।
थपिएकामध्ये सबैभन्दा धेरै संक्रमित भरतपुर नगरपालिकाका रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।