काठमाडाैं- जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा कार्यरत केही कर्मचारीमा कोभिड-१९ संक्रमण देखिएपछि प्रशासन कार्यालय बिहीबारदेखि बन्द गरिने भएको छ।
प्रशासनले अत्यावश्यक सेवाका लागि प्रवाह गर्ने शान्ति सुरक्षा, विपत, राहत, उद्धार, मुद्दा र ठाडो उजुरी लगायत बाहेकका सेवा उपलब्ध नहुने जनाइएको छ।
विहीबारदेखि बन्द गरिने कार्यालय वैशाख २२ गतेपछि भने खुला रहने जनाइएकाे छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।