काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै थप २ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणका क्रममा उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका गरी २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका १ हजार ४६४ जना छन्। यस्तै, ललितपुरका ३५१ र भक्तपुरका २३२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टामा देशभर गरी थप ४ हजार ७७४ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ।
देभरका प्रयोगशालाहरुमा गरिएको पीसीआर परीक्षणका क्रममा थप ४ हजार ७७४ जनामा संक्रमण पुष्टि भएको हो। गत २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १३ हजार ८७९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, देशभर ९५५ जनाको एन्टिजेटन परीक्षण गर्दा १७४ जनामा कोरोना संक्रमणको संकेत (एन्टिजेन पोजेटिभ) देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।