काठमाडौं– नेपालमा थप ४ हजार ७७४ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ।
देशभरका प्रयोगशालाहरुमा गरिएको पीसीआर परीक्षणका क्रममा थप ४ हजार ७७४ जनामा संक्रमण पुष्टि भएको हो। गत २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १३ हजार ८७९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, ९५५ जनाको एन्टिजेटन परीक्षण गर्दा १७४ जनामा कोरोना संक्रमणको संकेत (एन्टिजेन पोजेटिभ) देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।