काठमाडाैं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टी २० वरीयतामा नेपाली युवा ब्याट्सम्यान कुशल भुर्तेल ३२ स्थानमाथि उक्लिएका छन्।
गत साता पहिलोपटक ब्याटिङको वरीयतामा परेका कुशल ६१औं स्थानमा आइपुगेका हुन्। उनी यसअगाडि ९३औं स्थानमा थिए।
गत साता सकिएको नेपाल, मलेसिया र नेदरल्याण्ड्ससँगकाे त्रिकोणात्मक टी २० सिरिजमा कुशलले कुल ५ खेलमा ४ अर्धशतकसहित २ सय ७८ रन बनाएका थिए।
उनले ५ मध्य ४ खेलमा अर्धशतक प्रहार गरेका थिए। पहिलो खेलमा नेदरल्यान्ड्ससँग डेब्यू गर्दै ६२ रन बनाएका थिए। दोस्रो खेलमा मलेसियासँग ६१ रनमा अविजित रहेका थिए। यस्तै, नेदरल्यान्ड्ससँग ६२ रनमा आउट भएका थिए।
मलेसियासँगकाे दाेस्राे तथा सिरिजकाे चाैथाे खेलमा १६ रनमा आउट भए। १४०.४० स्ट्राइकरेट रेटमा ब्याटिङ गर्दै उनले कुल २४ चौका र १६ छक्का प्रहार गरेका थिए।
कुशल सुरुवाती तीन खेलमा लगातार अर्धशतक प्रहार गर्ने टी २० आईमा पहिलो खेलाडीसमेत हुन्।
यता, उपकप्तान दीपेन्द्रसिंहले ५६ स्थानमाथि उक्लिएका छन्। उनी हाल १०८औं स्थानमा रहेका छन्।
ब्याटिङ वरीयतामा पूर्वकप्तान पारस खड्का ८८औं र कप्तान ज्ञानेन्द्र मल्ल ९४औं स्थानमा छन्।
यस्तै, टी २० बलिङ वरीयतामा सन्दीप लामिछाने ७७औं स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।