काठमाडौं–इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको मंगलबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल्स पराजित भएको छ। अहमदावादमा सम्पन्न खेलमा दिल्लीलाई एक रनले पराजित गर्दै रोयल च्यालेन्जर बैंग्लोर अंक तालिकाको शीर्ष स्थानमा पुगेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको बैंग्लोरले एबी डेभिलियर्सको अर्धशतकीय पारीको मद्दतमा १७१ रन बनाएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको दिल्ली निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७० रनमा समेटियो।
दिल्लीका लागि कप्तान ऋषभ पन्तले अविजित ५८ रन बनाए पनि टिमको जितका लागि पर्याप्त बनेन। दिल्लीका मध्यक्रमका ब्याट्सम्यान शिमरन हेटमायरले विस्फोटक ब्याटिङ गर्दै २५ बलमै ५३ रन बनाएका थिए।
बैंग्लोरका लागि हर्षल पटेलले २, केल जेमिसन र मोहम्मद सिराजले एक÷एक विकेट लिए।
उता, बैंग्लोरका लागि डेभिलियर्सले ४२ बलमा ७५ रन बनाए भने रजत पाटिदारले ३१ तथा ग्लेन म्याक्सवेलले २५ रन जोडे।
दिल्लीका लागि अक्षर पटेल, अमित मिश्रा, अवेश खान, कसिगो रबाडा र इशान्त शर्माले एक/एक विकेट लिएका थिए।
बैंग्ग्लोर पाँच जित र एक पराजयका साथ १० अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ। समान खेलमा चार जित र दुई पराजयका साथ दिल्ली तेस्रो स्थानमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।