काठमाडाैं- बालुवाटार बैठकमा सहभागी भएका एमाले नेता विष्णु रिजाल कोरोना संक्रमित भएका छन्।
गत आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको एमालेको महाधिवेशन आयोजक समितिको बैठकमा सहभागी भएका रिजाललाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो।
यसअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेता रिजाल पछिल्ला दुईवटा बैठकदेखि भने प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली समूहमा खुलेर बालुवाटार बैठकमा सहभागी भएका थिए। बालुवाटार बैठकमा सहभागी भएका उनले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा लगायतसँगको तस्वीर सार्वजनिक गरेका थिए।
यस्तै, उनले कर्णालीका ओली पक्षका नेताहरूसँग छलफल गरेको तस्वीर पनि सार्वजनिक गरेका थिए।
'आज गरेको स्वाब परीक्षणबाट ममा कोभिड-१९ पोजेटिभ देखिएको छ। सामान्य लक्षणसहित घरमै बसेको छु। यसबीचमा मेरो सम्पर्कमा आउनुभएका महानुभावहरूलाई शीघ्र परीक्षण गराउन र आवश्यक सावधानी अपनाउन अनुरोध गर्दछु', रिजालले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।