काठमाडौं– काठमाडौं उपत्यकामा थप १ हजार ९६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
विभिन्न प्रयोगशालामा आरटी पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा काठमाडौं उपत्यकाका ३ जिल्लामा गरी १ हजार ९६६ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका १ हजार ६०२ जना छन्। यस्तै, ललितपुरका २४० र भक्तपुरका १२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
सोमबार थपिएका संक्रमित समेत गरी काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ११ हजार ९४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लामा ९ हजार ३८४ जना छन्। यस्तै, ललितपुरमा १ हजार ७१३ र भक्तपुर जिल्लामा ८४३ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।