काठमाडाैं- पर्सा जिल्लामा पनि एक साताका लागि निषेधाज्ञा घोषणा गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले मंगलबार विज्ञप्ती जारी गर्दै बिहीबार विहान ४ बजेदेखि वैशाख २२ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा जारी गरिएको जानकारी दिएको छ।
निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका कार्य गर्न नपाउने प्रशासनले जनाएको छ। पर्सामा मंगलबारसम्म संक्रमितको संख्या ७३० रहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।